दफा ३५
विदेशी राज्य र कुटनैतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति ऐन, २०२७ मा संशोधन
विदेशीराज्य र कुटनैतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति ऐन, २०२७ को,–
(१) दफा २ को खण्ड (ग) मा रहेका “श्री ५ को वा” भन्ने शब्दहरु झिकिएका छन् ।
(२) दफा ६ मा रहेका “स्थानीय तथा पञ्चायती कर” भन्ने शब्दहरुको सट्टा “स्थानीय कर” भन्ने शब्दहरु राखिएका छन् ।
(३) दफा ११ मा रहेका “स्थानीय वा पञ्चायती कर” भन्ने शब्दहरुको सट्टा “स्थानीय कर” भन्ने शब्दहरु राखिएका छन् ।
(४) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।